कर्जा बिग्रिएपछि बैंकले सकारे करिब ६ अर्बको सम्पत्ति

काठमाडौं । कर्जा खराब भएपछि बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ७१ करोडको पुगेको छ ।

गत आर्थिक वर्षमा थप १ अर्ब बराबरको सम्पत्ति स्विकारेपछि बैंक तथा वित्तीय संस्थाको यस्तो सम्पत्ति करिब ६ अर्ब पुगेको हो ।

कर्जा असुली नभएमा बैंकहरूले धितो बेचबिखन गरी उठ्न बाँकी साँवा र ब्याज असुल गर्न सक्ने व्यवस्था छ । कर्जा उठाउन बैंकहरूले धितो लिलामी गर्दा बिक्री नभएमा आफैंले सकार्नुपर्छ ।

यसरी सकारेको धितो नै गैरबैंकिङ सम्पत्ति हो । नयाँ पत्रिका खवर प्रकाशित छ ।

२०७६ भदौ ११ गते प्रकाशित

२०७६ भदौ ११ गते ०७:३८ मा प्रकाशित

You can share this post!

नेप्से ४ अंकले बढ्यो तर किन कारोवार घटेयो ?

नेपाल टेलिकमको सस्तो दरमा इन्टरनेटः अव प्रतिएमबी ३ पैसामै, यस्ता छन सुविधाहरु

Related posts