back
NMB ad

ल हेर्नुहोस् ! परीक्षा नदिएरै आयो करिश्माको एसईईको मार्कसिट !

Kumari bank ad

काठमाडौं । सुन्दै अचम्म लाग्ने कुरा ! परीक्षा नदिएर कुनै विद्यार्थीको मार्क्सिट आउँछ ? आउँदैन । तर, बैतडीमा भने कक्षा १० को पढाई छाडेर एसईई परीक्षा समेत नदिएर ‘लब म्यारेज’ गरेर हिँडेकी करिश्मा चन्दको एसईईको मार्कसिट आएको छ ।

जिल्लाको सिगास गाउँपालिका–५, ढुङ्गाढ स्थित सारदा माध्यमिक विद्यालयमा अध्ययनरत करिश्मा चन्दको एसईईको मार्कसिट आएको विद्यालयले जानकारी दिएको छ ।

विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले एसईई परीक्षामा सहभागी नभए पनि करिश्मा चन्दको १.६५ जिपिएको मार्कसिट आएको बताउनुभयो । करिश्मा चन्दको एसईई मार्कसिटमा रहेको सिम्बोल नम्बर ०७५११८० “एन” र जन्म मिति २०५५ साल फागुन ५ गते रहेको छ ।

प्रधानाध्यापक चन्दले भन्नुभयो, “ करिश्मा चन्द कक्षा १० मा भर्ना भएर दुई/तीन महिना पढेर विद्यालय आउन छोडेकी हुन । परिवारबाट विवाह गरेर डोटी गएको खबर पाएपछि विद्यालयले एसईई फाराम भरेन ।

परीक्षामा कतै सहभागी पनि नभएकी करिश्माको अचानक कसरी मार्कसिट आयो ? हामी अचम्ममा परेका छौं ।”
परीक्षा नदिएर पनि छोरीको मार्कसिट आएकोमा बुवा केशवबहादुर चन्दले खुशी हुँदै विद्यालयले मार्कसिट दियो भने छोरीको घरमा पुर्याई दिने बताउनुभयो ।

चन्दले भन्नुभयो, “पढ्न स्कुल पठाएकी छोरी मोबाईलबाट डोटीतिरको केटासंग कुराकानी हुँदो रहेछ । भागेर गएको हामीले पनि निकै दिनपछि थाहा पायौं । फोनले गर्दा छोरीको पढाई बिग्रेकोमा चिन्ता लागेको थियो । परीक्षा नदिए पनि सर्टि्फिकेट आएछ ! अचम्मै भयो नि !”

एसईई परीक्षा नदिए पनि मार्क्सिट आएको विषयमा करिश्मा चन्दले समेत आश्चर्य प्रकट गर्नुभयो । डोटीबाट फोनमा कुरा गर्दै करिश्माले भन्नुभयो, “ हेर्नु न दाइ ! फोनबाट कुराकानी हुँदा डोटीको केटासंग लब पर्यो ।

पढाई छाडेर नभागेको भए कति राम्रो हुने थियो । श्रीमानले पनि पढाई छोडेर रोजगारीका लागि भारत जानु भएको छ । नरमाईलो भयो मेरो त जिन्दगी । ”

एसईई परीक्षा नदिएरै करिश्मा चन्दको कसरी मार्कसिट आयो ? भन्ने विषयमा शिक्षा विकास तथा समन्वय ईकाईमा रहेका एसईई दिने विद्यालय र परीक्षार्थीको नामावली खोज्दा सारदा माध्यमिक विद्यालय ढुङ्गाढको फाईलमा करिश्माको नाम भेटिएन ।

२०७५ सालको एसईई परीक्षामा सारदा माध्यमिक विद्यालयबाट ३४ जना विद्यार्थीले परीक्षामा सहभागि हुन रजिष्ट्रेशन फाराम भरेको पाईएको छ । ती ३४ जना बिद्यार्थी मध्ये करिश्मा चन्दको नाम कहि कतै उल्लेख छैन ।

अझै खोजी गर्दै जाँदा करिश्मा चन्दको एसईई मार्कसिटमा रहेको सिम्बोल नम्बर ०७५११८० “एन” र सोही विद्यालयबाट परीक्षा दिने परीक्षार्थी सरिता लुहारको पनि सिम्बोल नम्बर ०७५११८० “एन” एउटै रहेको फेला परे पनि जन्म मिति भने फरक रहेको छ ।

सरिता लुहारको रजिष्ट्रेशन फाराममा जन्ममिति २०५७ असार १० गते उल्लेख छ भने करिश्मा चन्दको मार्कसिट जन्म मिति २०५५ साल फागुन ५ गते रहेको छ ।

जिल्ला शिक्षा अधिकारी नरेन्द्रप्रसाद अवस्थी लगायतका कर्मचारीले राष्ट्रिय परीक्षा बोर्डको एसईई परीक्षाको नतिजा हेर्न मिल्ने साईटमा गएर सिम्बोल नम्बर ०७५११८० “एन” टाईप गर्दा करिश्मा चन्द नाम गरेकै विद्यार्थी फेला परेको छ ।

शिक्षा समन्वय अधिकारी नरेन्द्रप्रसाद अवस्थीले सरिता लुहारले मार्कसिट नपाएको भए सरिताकै हुन सक्ने बताउनुभयो ।
समन्वय अधिकारी अवस्थीले भन्नुभयो, परीक्षा नै नदिएको विद्यार्थीको कसरी मर्क्सिट आयो ? योत अचम्म भयो । यदि सरिता लुहारले मार्क्सिट नपाएको भए करिश्माको नाममा आएको मार्कसिट सरिताको हुनु पर्छ र मार्क्सिट पाउन सरिताले निवेदन दिनुपर्छ ।

यो विषयमा सारदामा मावि ढुङ्गाढका प्रधानाध्यापक मीन बहादुर चन्दले सरिता लुहारले नियमित अध्ययन गरेर एसईई परीक्षा दिए पनि मार्क्सिट नआएको बताउनुभयो । (गोरखापत्र बाट साभार)

२०७६ भदौ ११ गते प्रकाशित

वि.सं.२०७६ भदौ ११ बुधवार ०९:११ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...