back
NMB ad

पर्यटन विभाग मातहतका २२ हजार व्यवसाय प्रदेशलाई

Kumari bank ad

काठमाडौं । पर्यटन विभागले सातै प्रदेशका पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा हस्तान्तरण गरेको छ ।मंगलवार एक कार्यक्रमको आयोजना गरी विभागले सबै प्रदेश मातहत रहेका २२ हजार ३६४ व्यवसाय हस्तान्तरण गरको हो ।

भागका महानिर्देशक डण्डुराज घिमिरेले सम्बन्धित प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवलाई अभिलेख हस्तान्तरण गरेका हुन । विभागमा हुँदै आएको कार्य आगामी असोज १ गतेदेखि सम्बन्धित प्रदेश कार्यालयबाट हुनेछ ।

विभागअन्तर्गत रहेका पर्यटकस्तरीय ३६१ होटल, ९२ घरवास, ८५ र्‍याफ्टिङ एजेन्सी, तीन हजार २६२ ट्राभल एजेन्सी, दुई हजार ४१७ ट्रेकिङ एजेन्सी, २१४ रिभरगाइड, १७२ ट्रेकिङ पोटर गाइड, ७९ पर्यटन यातायात सेवा, १२ हजार ९८१ ट्रेकिङगाइड र दुई हजार ७०१ टुरिष्ट गाइडको अभिलेख सातै प्रदेश तहमा हस्तान्तरण गरिएको हो ।

नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहका लागि छुट्याएको अधिकार क्षेत्रभित्रै रहेर साविकमा विभागले गर्दै आएका काम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको महानिर्देशक घिमिरेले जानकारी दिनुभयो ।

विभागअन्तर्गत रहेका सात पर्यटन कार्यालयलाई प्रदेशमा हस्तान्तरण गरेको छ । जसमध्ये काकडभिट्टा (झापा), नाम्चे (सोलुखुम्बु), जनकपुर (धनुषा), वीरगञ्ज (पर्सा), भैरहवा (रुपन्देही), पोखरा (कास्की) र कोहलपुर (बाँके) मार्फत भएका कार्य तथा अभिलेखसमेत सम्बन्धित प्रदेशको पर्यटन मन्त्रालयमा हस्तान्तरण भइसकेको जानकारी दिएको छ ।

यसअघि पर्यटन विभागबाट हुँदै आएको ट्राभल एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण, ट्रेकिङ एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण, पर्यटक यातायात सेवा व्यवसाय इजाजतपत्र जारी तथा नवीकरणर्, याफ्टिङ एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण, पर्यटकस्तरीय होटलको इजाजतपत्र जारी तथा नवीकरण, घरवासकोे इजाजतपत्र जारी तथा नवीकरण र टेरगाइड, ट्रेकिङ गाइड, पोटर गाइड, रिभर गाइडको इजाजतपत्र जारी तथा नवीकरणलगायतका काम प्रदेशमा हुनेछन ।

पर्वतारोहणको अनुमति, ठूला होटल, रिसोर्ट तथा क्यासिनोको दर्ता, नवीकरणलगायतको काम भने विभागले नै गर्नेछ । त्यस्तै विभागले आगामी दिनमा स्थानीय तथा प्रदेश सरकारलाई आवश्यक पर्ने सहयोग र नीतिगत काम र नियमनमा बढी ध्यान केद्रित गर्नेछ । -रासस

२०७६ भदौ ११ गते प्रकाशित

वि.सं.२०७६ भदौ ११ बुधवार ०९:३९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...