back
NMB ad

संघमै सात हजार कर्मचारी अभाव, नीति निर्माणदेखि सेवा प्रवाहसम्ममा गम्भीर समस्या

Kumari bank ad

काठमाडौं । केन्द्रीय सरकारका विभिन्न मन्त्रालय तथा निकायमा लामो समयदेखि झन्डै ७ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको छ ।

केन्द्रीय सरकारमै त्यति धेरै कर्मचारी अभाव हुँदा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदपूर्ति प्रक्रिया भने थाल्न सकेको छैन ।

कर्मचारी अभाव हुँदा नीति निर्माण तहदेखि सेवा प्रवाहसम्ममा समेत गम्भीर समस्या परिरहेको अधिकारीहरूले बताएका छन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हाल केन्द्रीय सरकारमा खरिदारदेखि सहसचिवसम्मका विभिन्न सेवा समूहमा गरी ७ हजार पद रिक्त रहेका हुन ।

जसअनुसार नीतिगत तहमा महत्वपुर्ण भूमिकामा रहने सहसचिवमा मात्रै १६३ पद रिक्त छ । यसैगरी ३ सयको संख्यामा उपसचिव र ६ सयको संख्यामा शाखा अधिकृत पद रिक्त रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार खरिदार, सुब्बालगायतका राजपत्र अनंकित गरी विभिन्न पदमा झन्डै ६ हजार कर्मचारी रिक्त अवस्थामा छन ।

केन्द्रका सबै रिक्त पदमा विज्ञापन माग्ने गरी आवश्यक गृहकार्य अघि बढाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने छिट्टै पदपूर्ति थालिने बताएको छ । -राजधानी दैनिकमा समाचार छ ।

२०७६ भदौ ११ गते प्रकाशित

वि.सं.२०७६ भदौ ११ बुधवार ०९:५३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...