back
NMB ad

फास्ट ट्रयाक रेखांकनमा परिवर्तन, लागत १ खर्ब ७५ अर्ब

Kumari bank ad

काठमाडौं । सरकारले काठमाडौं–तराई द्रुतमार्गको स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले प्रस्ताव गरेको रेखांकनमा परिवर्तन गरेको छ ।

प्रस्तावित द्रुतमार्गको रेखांकनमा खोकना र सुरुङमार्ग निमार्ण हुने ठिंगल–लेनडाडा क्षेत्रमा संसोधन गरेको हो । नेपाली सेनाले बुधबार पत्रकार सम्मेलन गरी खोकनाको सिकाली मन्दिर र कोदेश क्षेत्रमा सामान्य रेखांकन परिवर्तन गरेको जनाएको छ ।

साथै, महादेवटार देखी लेनडाडासम्मको खण्डमा एसियाली विकास बैंकले प्रस्ताव गरेको टनेलको विकल्पमा एक तथा नयाँ थप दुई टनेलहरु सहित रेखांकन परिर्वतन गरेको जनाएको छ ।

खोकनाको विवाद मिलाउनका लागि सरकारले दुई स्थानको रेखांकन परिर्वतन गरेको हो । कोरियाली कम्पनी सुसुङले ७ करोड ४५ लाख ९० हजार रुपैयाँ लागतमा तयार गरेको डीपीआर प्रतिवेदन रक्षा मन्त्रालयले मन्त्रीपरिषद्मा पेश गरेको पाँच महिना पछि अर्थात गत भदौ एक गते स्वीकृत भएको थियो ।

स्वीकृत डीपीआर प्रतिवेदन अनुसार सडक चार लेनको हुने छ भने लम्बाई ७२ दशमलव पाँच किलोटिर तथा सडकको चौडाई पहाडमा २५ मिटर र तराईमा २७ मिटर हुनेछ ।

द्रुतमार्ग ललितपूरको खोकोनादेखि काठमाडौं, मकानपुर हुदै बार जिल्लाको निजगढमा पुगी महेन्द्र राजमार्गमा जोडिने छ । यस्तै, द्रुतमार्गमा विशेष प्रकृतिका १६ र अन्य ७१ वटा गरी १० दशमलव पाँच नौ किलोमिटरको ८७ वटा पुल निमार्ण हुने छन् । तीन वटा सुरुङमार्ग निमार्ण हुने छने ।

महादेवडाँडामा ३ दशवलव तीन पाँच पाँच, धेद्रेमा १ दशमलव तीन छ शून्य र लेनडाँडामा १ दशमलव चार तीन शून्य गरी छ दशमलव चार एक पाँच किलोमिटर लामो सुरुङमार्ग निमार्ण हुने छ ।

यसमध्ये हालसम्म २५ दशमलव चार चार ४४ किलोमिटर खण्डको सवग्रेड फर्मेसन लभेलमा काम भएको छ भने झण्डै २७ किलोमिटर क्षेत्रका काम भइरहेको सेनाले जनाएको छ ।

द्रुतमार्गको स्वीकृत डीपीआर प्रतिवेदन अनुसार तीन स्थान खोकना, बुदुने र निजगढमा इन्टरचेन्ज अर्थात् गाडी फर्काउने स्थान र टोल प्लाजा (कर संकलन केन्द्र) हुने छन ।

यस्तै, अन्य संरचनाहरुमा १२ ठाउँमा यात्रीको लागि अन्डरपास, पाँच ठाउँमा गाडीको लागि अन्डरपास, एक ठाँउमा यात्रीको वभरपास र ४ ठाँउमा गाडीको लागि वभरपास निमार्ण हुने छ ।

खोकनादेखि नजगढसम्मको यात्रा एक घण्टा २ मिनेट ३३ सेकेन्द लाग्ने सेनाले जनाएको हो । द्रुतमार्गको आयोजनाको लागत १ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ ।

मूल्य अभिवृद्धि करसहित कुल लागत १ खर्ब ७५ अर्ब रहेको सेनाले जनाएको छ । सनाले । द्रुतमार्ग निमार्णको काम ३ वर्ष ६ महिनाभित्र सम्पन्न गर्ने पनि जनाएको छ ।-कारोवार दैनिकबाट

२०७६ भदौ १२ गते प्रकाशित

वि.सं.२०७६ भदौ १२ बिहीवार ०८:२९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...