काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको हकप्रद निष्कासन तथा विक्रि खुला भएको छ । कम्पनीको हकप्रदमा बिहीवार (आज)देखि आवेदन दिन सकिन्छ ।
बैंकले ६१ लाख २९ हजार ५२० दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक भिबोर क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले साउन ३० गतेसम्मका कायम शेयरधनीका लागि १० कित्ता साधारण शेयर बराबर नयाँ २ कित्ता साधारण शेयर (१० बराबर २) को अनुपातमा हकप्रद विक्री गर्न लागेको हो । कम्पनीको हकप्रदमा असोज १५ गतेसम्म आवेदन दिन सकिन्छ ।
बैंकको हकप्रद शेयर खरीदको लागि भिबोर क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंकको केन्द्रय तथा सम्पूर्ण शाखा कार्यालय साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ ।
२०७६ भदौ १२ गते प्रकाशित
वि.सं.२०७६ भदौ १२ बिहीवार १०:११ मा प्रकाशित