back
NMB ad

सुनको मुल्यमा चञ्चलता, तिजको मुखैमा ह्वात्तै खुम्चियो व्यापार !

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा सुनको बढ्नेक्रम निरन्तरता नै छ । बुधवार ७२ हजार ६०० रुपैयाँमा कारोवार भएको सुनको मुल्य विहीवार फेरि बढेको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर ७३ हजार ४०० रुपैयाँमा र तेजावी सुन ७३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर ८९५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

गत साउनको सुरुवात देखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो । साउन यता सुनको मूल्य ८ हजार ९०० रुपैयाँले बढिसकेको छ ।

सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुस्किलले १० किलो पनि बिक्री हुन नसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत वर्षहरुमा महिलाहरुको माहान चार्ड तिजको अवसरमा दैनिक ४० केजी सम्म सुनको खपत हुने गरेकोमा अहिले सुनको मूल्य बढेकाले १० केजी पनि बिक्री हुन मुस्किल पर्न थालेको छ ।

सुनको मूल्य बढ्दै जाँदा सुन खरीद गर्नेहरुको संख्या भने शुन्य जस्तै भएको एक व्यवसायीले बताएका छन ।

२०७६ भदौ १२ गते प्रकाशित

वि.सं.२०७६ भदौ १२ बिहीवार १३:४८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...