back
NMB ad

नजिकीदै छ सिभिल बैंकको १२ लाख ८२ हजार कित्ता सेयर लिलामी भर्ने दिन

Kumari bank ad

काठमाडौं । सिभिल बैंकको १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक सेयर लिलामी भर्ने म्याद सोमबार (भदौ १६ गते) सकिँदैछ ।

बैंकले भदौ २ गतेदेखि ५ जना संस्थापक सेयरधनीको सेयर जोडेर एकैपटक लिलामी बिक्री खुला गरेको हो । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरुले आवेदन दिन सक्नेछन ।

संस्थापक समूहको यो सेयर सर्वसाधारणले पनि किन्न पाउनेछन । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन ।

सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन भदौ १७ गते बिहान ११ बजे सिभिल क्यापिटलको कार्यालये खोलिनेछ । असार मसान्तसम्म सिभिल बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ छ ।

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ७६ करोड ४ लाख ७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५ पैसा रहेको सिभिलको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ९८ पैसा छ ।

२०७६ भदौ १२ गते प्रकाशित

वि.सं.२०७६ भदौ १२ बिहीवार १६:२४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...