back
NMB ad

आज ‘कुशे औंसी बुवाको मुख’ हेर्नेदिन, बुवा नहुनेले के गर्ने !

Kumari bank ad

काठमाडौ । देव तथा पितृकार्यमा प्रयोग गरिने कुश आज घर–घरमा भित्राइदै छ । आज भाद्र कृष्ण औशीका दिन कुशे औशी पर्व मनाइन्छ । यस दिनमा विधीपूर्वक कुश काट्ने र आफ्नो तथा जजमानको घरमा पुर्याउने गरिन्छ ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख, शान्ति, मिल्ने धार्मिक विश्वास रहिआएको छ भने यसको प्रयोग आयुर्वेदिक उपचारमा समेत गरिन्छ ।

विषेश गरी धार्मिक तथा पितृ कार्यमा बढी प्रयोग हुने कुशको पौराणिककालमा पनि निकै धेरै प्रसंग उल्लेख गरिएको छ । कुशको प्रयोग धार्मिक तथा पितृकार्य गर्दा कुशको औठी, ब्राम्हण, मोटक, पवित्र, कुशको टुक्रा आदिको रूपमा प्रयोग गर्ने चलन छ ।

बुबाको मुख हेर्ने दिन

पितृ तथा गोकर्ण औशीका रूपमा मनाइने आजको दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा समेत मनाउने गरिन्छ । छोराछोरीले बाबुलाई मनपर्ने मिठाई तथा भोजन गराई सम्मान प्रकट गर्ने परम्परा छ ।

आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकामा बाबुप्रति कृतज्ञता ज्ञापन गर्न पितृ दिवसका रूपमा मनाईने यस पर्वमा छोराछोरीले बाबुलाई कपडा, तथा सजावटका सामान दिने चलन बढेको छ ।

बुवा नहुनेले के गर्ने

पितालाई सम्मान दिने दिन हो । नेपालमा कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन पिता दिवस मनाइन्छ ।

यस दिन बुवाको मुख हेर्ने, अर्थात बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।

कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म(कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा र्पुयाउँदछन र यजमानहरूले पनि सिधा(दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन ।

२०७६ भदौ १३ गते प्रकाशित

वि.सं.२०७६ भदौ १३ शुक्रवार ०७:३९ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...