back
NMB ad

‘भ्वाइस अफ नेपाल’की झुप्रीले किन आत्महत्या गर्न खोजिन् ?

Kumari bank ad

काठमाडौं । अछामकी झुप्री भण्डारी अहिले दि भ्वाइस अफ नेपाल रियालिटी शोकी चर्चीत प्रतिस्पर्धी हुन् । दृष्टिविहीन झुप्रीले भ्वाइस अफ नेपालमा गाएको डेउडा गीत सामाजिक सञ्जालमा निकै लोकप्रिय बन्यो । उनका भोगाइ र स्वरलाई दर्शकले आँशु झार्दै हेरे ।

उनै झुप्री भण्डारीले हामीसँग आफ्नो कहालिलाग्दो अनुभव साटेकी छिन् । घर र समाजले गरेको अत्याचार र विभेदले आफुले विष सेवन गर्न बाध्य भएको बताएकी छिन् । ‘पलपल मर्नभन्दा एक पटक मर्न ठिक हुन्छ भनेर १३ वर्षको उमेरमा मुसाको विष सेवा गरेकी थिएँ । तर, सयम नआएसम्म नमरिदो रहेछ’, उनले भनिन्, ‘१४ वर्षको उमेरमा पनि मेटासिट खाएको थिएँ । तर, कालले पनि माया गरेन ।’ झुप्री अहिले ३० वर्ष पुगिन ।

दृष्टिविहिनी भएकै कारण उनलाई समाजमा राम्रो कपडा लगाउँदा पनि जिस्काउने, बाटोमा हिड्दा पनि उनलाई देखेपछि बाटो तल झर्ने, अनेक गाली गर्ने गर्थे । आफ्नो घरभित्रै पनि आफुले अपमान सहेर बचेका झुप्रीले बताएकी छिन । गीत गाउँदा पनि यस्तालाई गीत गाउन के रहर लाग्यो होला भन्दै गाउँलेले घृणा गरेपछि आफुले अरुको अगाडि गीत गाउँन छोडेको उनले बताएकी छिन् ।

दृष्टिविहिन भए पनि झुप्रीले घाँस, दाउरा काट्ने, खाना पकाउने, गाइबस्तुको स्याहार गर्नेजस्ता घरायसी सम्पूर्ण काम गर्थिन् । उनको कोही पनि साथी थिएनन् । यस्ता काम एक्लै गर्थिन् । त्यसरी गाउँलेको तिरस्कार सहेर बसेकी झुप्री अहिले नेपालीको लोकप्रिय गायिका बनेकी छिन ।

२०७६ भदौ १४ गते प्रकाशित

वि.सं.२०७६ भदौ १४ शनिवार २०:५१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...