back
NMB ad

जलविद्युतमा निजी क्षेत्रको आक्रामक लगानी

Kumari bank ad

काठमाडौं । निजी क्षेत्रले गत आर्थिक वर्षसम्म ८३ वटा जलविद्युत् आयोजनाबाट ५६० मेगावाट बिजुली उत्पादन गरेको छ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रले पछिल्लो समय सशक्त ढंगले आफ्नो उपस्थिति देखाउँदै आएको छ ।

परिणामस्वरुप निजी क्षेत्रले कुल उत्पादनको २९ प्रतिशत हिस्सा ओगट्दै आएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा सात अर्ब ५५ करोड युनिट (गिगावाट आवर) मध्ये प्राधिकरण मातहतका आयोजनाबाट दुई अर्ब ५५ करोड युनिट (३४ प्रतिशत) बिजुली उत्पादन भएको छ ।

निजी उत्पादकबाट दुई अर्ब १९ करोड युनिट (२९ प्रतिशत) उत्पादन भएको थियो। भारतबाट करिब तीन अर्ब ४७ करोड युनिट (३७ प्रतिशत) बिजुली आयात गरेको प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पछिल्लो समय निजी क्षेत्रले जलविद्युत् क्षेत्रमा आक्रामक ढंगले लगानी गर्दै आइरहेको बताउनुभएको छ । ‘जलविद्युत् आयोजनामा निजी क्षेत्रको उपस्थिति बढ्दै गइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अहिले निजी क्षेत्रले कुल उत्पादनमा २९ प्रतिशतभन्दा धेरै योगदान गरेको छ ।’

गत आर्थिक वर्षमा निजी क्षेत्रबाट सञ्चालित आठवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको थियो। जसबाट ४८ मेगावाट बिजुली उत्पादन भएको थियो । ‘ऊर्जा विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘निजी क्षेत्रको भूमिकालाई हामीले भुल्नै सक्दैनौ।’ नागरिक दैनिकमा समाचार छ ।

२०७६ भदौ १५ गते प्रकाशित

वि.सं.२०७६ भदौ १५ आइतवार ०८:४२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...