back
NMB ad

एटिएम ह्याक भएपछि सर्वसाधारणमा त्रास बैंकमा भीडभाड, नआत्तिन राष्ट्र बैंकको आग्रह

Kumari bank ad

काठमाडौं । चिनियाँ ह्याकरले नेपाली बैंकबाट पैसा झिकेको सार्बजनिक भएपछि सम्बन्धित बैंक बाहेक अर्को बैंकबाट एटिएम प्रायोग गरी पैसा झिक्न नमिल्ने भएको छ ।

एटिएमबाट पैसा लुटिएपछि अहिले जुन बैंकको कार्ड हो त्यही बैंकको मेसिनबाट मात्र पैसा झिक्न मिल्छ । एउटा बैंकको कार्ड अर्को बैंकको मेसिनमा छिराएर पैसा निकाल्न बन्द गरिएपछि बैंकका काउन्टरहरुमा भिडभाड देखिएको छ। एउटा बैंकको कार्ड अर्को बैंकमा नचल्ने भएपछि पनि भिडभाड देखिएको हो ।

सर्वसाधारणमा आतंक सृजना भएर बैंकमा भीडभाड बढेपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नआत्तिन भनेको छ। राष्ट्र बैंकले कुनै पनि ब्यक्तिको खाताबाट पैसा नझिकिएकोले नआत्तिन आग्रह गरेको छ।

सर्वसाधारणको खातामा कुनै समस्या छैन । लुटेराहरु पनि पक्राउ परिसकेका छन् । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले आत्तिनु पर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘राष्ट्र बैंकले सबै कुरा हेरिरहेको छ। त्यसैले केही धन्दा मान्नु पर्दैन।’

२०७६ भदौ १५ गते प्रकाशित

वि.सं.२०७६ भदौ १५ आइतवार १४:१८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...