back
NMB ad

मनिकाले जितिन नेपालका लागि अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक

Kumari bank ad

काठमाण्डौ । तङ्ग–इल मो–दो संघ नेपालकी खेलाडि मनिका सुनारले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन।

१०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३५६५ खेलाडिहरुले सहभागिता जनाएका थिए ।तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेल नेतृत्वमा ६ जना नेपाली खेलाडिहरुको सहभागिता रहेकोमा गोरखाकी मनिका सुनारले महिला काता (बोन)मा स्वर्ण पदक जितेर नेपालको नाम राखेकी छन।

मनिका सँगै प्रकाश श्रेष्ठ, तेज बहादुर सिँह, दिपक बास्तोला दिपेन्द्र ठाकुर लगायतका खेलाडिले सहभागिता जनाएका थिए । प्रतियोगिता यहि अगस्ट २६ देखि ३० सम्म कोरियामा भएको थियो ।

दक्षिण कोरियामा आयोजना गरिएको २०१९ छन्ङजु वर्ड मार्शल आर्टस मास्टरशिप“अन्तर्रा्ष्ट्रिय मार्शल आर्टस मेगाइभेन्ट” सुनारले स्वर्ण पदक जितेकी हुन् ।

कोरियाली सरकारको स्वीकृतीमा अन्तर्रा्ष्ट्रिय खेलकुद कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको तङ्ग–इल मो–दो संघ नेपालका महासचिव बिष्णु गिरीले जानकारी दिए ।

“समय भन्दा पर, संसारलाइ जोड्ने”भन्ने नाराका आयोजित अन्तराष्ट्रिय प्रतियोगितमा सबै किसीमको मार्शल आर्टशलाई एकै ठाउ“मा ल्याउन तथा मार्सल आर्टको माध्यमबाट शान्ति र सद्भावका लागि सकारात्मक सन्देश प्रबाह गर्न पनि प्रतियोगिता गरिएका् हो । यजी.ए.आइ.एस.एफ. को सरक्षण र आइ.ओ.सि.ले समार्थन गरेको प्रतियोगिमा हो ।

गिरीले तङ्ग–ईल मो–दो खेल विश्वप्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्वभरी शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरेको संस्मरण गर्दै यस खेलले राष्ट्रको नाम बिश्वमा चिनाउन भहत्वपूर्ण भूमिका खेल्ने बताए ।

राष्ट्रय खेलकुद परिषदमा समेत आवद्ध रहेको तङ्ग–इल मो–दो संघले प्रतियोगितामा सहभागिता जनाउन जानु अघि खेलकुद परिवदमा समेत जानकारी गराएको महासचिव गिरीले जानकारी दिए ।

चुङ्जु वल्र्ड मार्शल आर्ट्स प्रतियोगितामा तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेललाई शान्ति पदक द्धारा सम्मान गरिएको थियो ।

२०७६ भदौ १५ गते प्रकाशित

वि.सं.२०७६ भदौ १५ आइतवार १६:१७ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...