माछापुच्छ्रे बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । माछापुच्छ्रे बैंकको ऋणपत्र बाँडफाँट भएको छ । सर्वसाधारण समूहतर्फ रितपूर्वक आवेदन दिएका ५३० जनालाई माग अनुसार ९२ हजार ७३ युनिट बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

बैंकले १२ लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेपनि सबै इकाई बिक्री हुन सकेन । बैंकले निजी संघसस्थालाई पनि माग अनुसार नै इकाई बाँडफाँट गरेको छ ।

निजी संघसंस्थालाई १८ लाख इकाई खुला गरिएकामा सबै इकाई बिक्री भई बाँडफाँट गरिएको हो । बैंकले साउन ६ गतेदेखि भदौ ३ गतेसम्म कुल ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको थियो ।

यस ऋणपत्रमा वार्षिक १०.२५५ ब्याज पाइन्छ । १० वर्ष अवधिको ‘१०.२५५ माछापुच्छ्रे डिबेन्चर २०८५’ नाममा ऋणपत्र बिक्री खुला गरिएको हो । बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ ।

२०७६ भदौ १५ गते प्रकाशित

२०७६ भदौ १५ गते १६:३९ मा प्रकाशित

You can share this post!

काम नगर्ने ठेकेदारका दिन समाप्तः मन्त्री अर्याल

अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंकबिच सम्झौता

Related posts