काठमाडौं । सानिमा बैंकले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले ११.०५२६ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया सुरु हुनेछ । अघिल्लो वर्ष सानिमाले १४ प्रतिशत नगद लाभांश दिएको थियो ।
२०७६ भदौ १७ गते प्रकाशित
वि.सं.२०७६ भदौ १७ मंगलवार १०:५६ मा प्रकाशित