काठमाडौं । सिद्धार्थ बैंकको ऋणपत्र भर्ने समय भोलि बिहीबार (भदौ १९ गते) सकिँदैछ । बैंकले भदौ ५ गतेदेखि कुल २५ लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो ।
यसमध्ये १० लाखमा युनिटमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन । यस्तै, सामूहिक लगानी कोषलाई ५५ छुट्याइएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन।
बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १०.२५५ ब्याज पाइनेछ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बारबरको ऋणपत्र बिक्री खुला गरेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकत्तम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
बैंकले ७ वर्ष अवधिको ‘१०.२५५ सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ ।
२०७६ भदौ १ड गते प्रकाशित
वि.सं.२०७६ भदौ १८ बुधवार १२:३२ मा प्रकाशित