back
NMB ad

कागेश्वरीमा महामेला

Kumari bank ad

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा लाग्ने महामेलाका सम्पूर्ण तयारी पूरा भएको छ । भाद्र शुल्क अष्टमी अर्थात कागेअष्टमी दिनका लाग्ने महामेला तीनदिनसम्म विविध कार्यक्रम गरी मनाइने महामेला मूला आयोजक समितिले जनाएको छ ।

नगरपालिकाको नाम नै कागेश्वरी महादेव मन्दिरको नामबाट राखिएको हुँदा यस मन्दिरमा लाग्ने मेलालाई नगरपालिकाले आफ्नो पहिचानसँग जोडेको छ । नगरपालिकाले तीन दिनसम्म बिेशेष कार्यक्रम गर्ने कार्य तालिका बनाएको सार्वजनिक गरेको छ बुधवार पत्रकार सम्मेलन गरी जनाइएको छ । । भदौ १९ गते कागेश्वरी मन्दिरको महत्वका बारेमा कवि गोष्ठि गरी साहित्यक कार्यक्रम सञ्चालन गर्ने, २० गते कागेअष्टमीका दिन कागेश्वरी महामेलाको उद्घाटन गर्ने र २१ गते मन्दिरको सरसफाइ गर्ने तय भएको छ ।

त्यस्तै काठमाडौंको उत्तर पूर्वमा रहेको कागेश्वरी महादेव मन्दिरमा तीनदिनसम्म चल्ने महामेलामा करिब एक लाख ५० हजार धार्मिक पर्यटकले मन्दिरको दर्शन गर्ने अनुमान गरिएको छ ।

किंवदन्ती अनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसै बेलादेखि त्यस मन्दिरको नाम कागेश्वरी महदेव मन्दिर रहन गएको हो भन्ने जनविश्वास रहँदै आएको छ ।
रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पबित्र जल कागेश्वरी महादेवलाई चढाउदा आफ्नो इच्छा पूरा हुने जनविश्वास रहदै आएको छ । सत्ययुगमा सेतीदेवीको मुटु पतन भएर कागेश्वरी महादेवको शिवलिङ्ग उत्पन्न भएको हो विभिन्न शास्त्रमा उल्लेख गरिएको छ । अहिले धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले नगरपालिकाले २२७ किलो धातुको कागको मूर्ति स्थापना गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापाले बताउनुभयो ।

महामेला मूला आयोजक समितिक अध्यक्ष एवं वडा नं. १ का वडाध्यक्ष मकुन्द गजुरेलले कागेश्वरी महामेलाको सम्पूर्ण तयारी पूरा भएकाले दर्शनका लागि सबै भक्तजनलाई आग्रह गर्नुभयो । नगरपालिकाले मन्दिरलाई धार्मिक पर्यटकीय तिर्थस्थलको रुपमा विकास गर्न लागेको छ । अहिले मन्दिरको विस्तृत परियोजना प्रस्ताव ( डिपिआर) निर्माण गरी मन्दिर क्षेत्रको भौतिक संरचना निर्माण भइरहेका छन् । कागेश्वरी महादेव मन्दिर परिसर पुग्दा जोकोहीको पनि मन आन्नदित हुन्छ । कागेश्वरी महादेवको मन्दिरमुनि र माथि रहेको छहरा एवं झरनाले यहाँ आउने जोसुकैको पनि मन लोभ्याउने गरेको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित यस क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको संख्या दैनिक बढदै गएका छन् ।

नेपालकै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित कागेश्वरी महादेवको मन्दिरमा हरेक बर्ष कागेअष्टमीका दिन बिशेष मेला लग्ने गरेको गजुरेलले जानकारी दिनुभयो । कागेअष्टमीका दिन कागेश्वरी महादेवमन्दिरको दर्शन गर्नाले सम्पूर्ण पाप नाश हुने यस लोकमा सुख, शान्ति, र समृद्धि हासिल गरी परलोकनमा मोक्ष पाइन्छ भन्न जनविश्वास रहँदै आएको छ । कागेअष्टमीका दिन नगरपालिकाले नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

२०७६ भदौ १९ गते प्रकाशित

वि.सं.२०७६ भदौ १९ बिहीवार १०:४५ मा प्रकाशित

You can share this post!

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...