back
NMB ad

नागरिक लगानी कोषको बोनस पश्चात शेयरमूल्य समायोजन

Kumari bank ad

काठमाडौं । नागरिक लगानी कोषको भदौ १८ गते बिहीबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ ।

कोषले अघिल्लो आर्थिक वर्ष २०७४/७५ को कमाईबाट लाभांश वितरण गर्न बिहीबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्जले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।

नेप्सेले कम्पनीको २२ प्रतिशत बोनसलाई समायोजन गरि प्रतिकित्ता शेयरमूल्य १८८२ रुपैयाँ ७९ पैसा कायम गरेको । समायोजित मूल्यलाई आधार मानेर बिहीबार कम्पनीको शेयर कारोबार खुल्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने भदौ ३० गते साधारणसभा आब्हान गरेको छ ।

भदौ १८ गतेसम्म कायम शेयरधनीले मात्र कोषको बोनस शेयर प्राप्त गर्न र साधारण सभामा प्रतिनिधित्व गर्न पाउनेछन ।
हाल एक अर्ब १० करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कोषको बोनस वितरण पश्चात एक अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पुग्नेछ ।

२०७६ भदौ १९ गते प्रकाशित

वि.सं.२०७६ भदौ १९ बिहीवार ११:१४ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...