back
NMB ad

दक्षिण कोरिया भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिना र कोरियन समकक्षी बीच भेटवार्ता

Kumari bank ad

दक्षिण कोरिया । दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कोरियाका राष्ट्रिय सभा अध्यक्ष मुन हि-साङ (Moon Hee-Sang) बीच भेटवार्ता भएको छ ।

कोरियाका राष्ट्रिय सभा अध्यक्षको कार्यालयमा बुधबार भएको भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध मित्रता, समझदारी र दुईपक्षीय सहयोगको आधारमा अगाडी बढिरहेको बताउनुभयो । दुई देशको सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताउँदै उहाँले कोरियाले नेपाललाई गरिरहेको सहयोगको प्रशंसा गर्नुभयो । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले हजारौं नेपाली रोजगारीको सिलसिलामा कोरियामा रहेको र उनीहरुले आम्दानीसँगै प्रविधि सिकेर नेपालमा प्रयोग गर्ने अपेक्षा गर्नुभयो । उहाँले नेपाल र कोरियाको संसदबीचको अभ्यास र अनुभव आदनप्रदानका लागि समय समयमा संसदीय भ्रमण आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी कोरियाका राष्ट्रियसभा अध्यक्ष मुनले नेपाल उर्जावान देश भएको बताउनुभयो । कोरियाका राष्ट्रपति मुन जायी इन (Moon Jae-In) ले सन् २०१५ को भूकम्प पश्चात गरी तीन पटक नेपाल भ्रमण गरेको स्मरण गर्दै उहाँले नेपाल धेरै मन पराउने जानकारी गराउनुभयो । उहाँले कोरियाले लोकतन्त्र स्थापनको छोटो समयमा विकास र प्रविधिमा अगाडि बढेको बताउँदै भन्नुभयो, विकासप्रति प्रतिबद्ध भइयो भने अगाडि बढ्न सकिन्छ । कोरियाको प्रविधि र नेपालका मिहिनेति जनताबाट समृद्धी तथा प्रगति हुन सक्छ । अध्यक्ष मुनले कोरियामा नेपाली कामदार धेरै भएकाले कोरिया नेपालीको दोस्रो घर भएको बताउँदै नेपाललाई सहयोग गर्न कोरिया तत्पर रहेको धारणा राख्नुभयो ।

तिमिल्सिना र उपविदेशमन्त्री बीच भेट

यसैबीच बुधबार नै अध्यक्ष तिमिल्सिना र कोरियाका उपविदेशमन्त्री हि-साङ (Hee-Sang) बीच भेटघाट भएको छ । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको आर्थिक विकासमा कोरियाको निरन्तर सहयोगका लागि आभार प्रकट गर्नुभयो । उहाँले ईपीएस प्रणालीमार्फत कोरियामा रोजगारीका लागि आएको र त्यसबाट दुई देशको अर्थव्यवस्थामा सकारात्मक भूमिका खेलेको बताउनुभयो ।

सो क्रममा उपविदेशमन्त्री साङले कोरियाको पहिलो प्रथामिकतामा नेपाली कामदारलाई राखेको जानकारी दिँदै दुई देशको सरकारी र जनस्तरको सम्बन्ध सुमधुर रहेको धारणा राख्नुभयो । उहाँले नेपालको विकासमा कोरियाको संधै सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ, उहाँले भन्नुभयो । यो अभियानमा कोरियाको सहभागिता र सकारात्मक सहयोग रहन्छ । उहाँले नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा कोरियाको सहयोग रहेको बताउँदै बाँकी काम छिटो सक्न अध्यक्ष तिमिल्सिना मार्फत नेपाल सरकारलाई आग्रह गर्नुभयो ।

२०७६ भदौ १९ गते प्रकाशित

वि.सं.२०७६ भदौ १९ बिहीवार ११:२६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...