चिनियाँ विदेशमन्त्री आइतबार नेपाल आउँदै

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणमा आइतबार आउने भएका छन । चिनियाँ राष्ट्रपति सी जिङपिङको संभावित नेपाल भ्रमणको तयारीका लागि विदेशमन्त्री वाङ नेपाल आउन लागेका हुन ।

उनी पाकिस्तान–अफगानिस्तान–चीनबीचको त्रिपक्षीय बैठकमा सहभागी भएर नेपाल आउने कार्यक्रम तय भएको छ । विदेशमन्त्री वाङ गत जुलाईमा नेपाल आएका थिए ।

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनी नेपाल भ्रमणमा आएका हुन । यसपटक भने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीकै निमन्त्रणामा नेपाल आउन लागेका हुन ।

२०७६ भदौ १९ गते प्रकाशित

२०७६ भदौ १९ गते १५:५८ मा प्रकाशित

You can share this post!

सर्बाधिक महँगो शेयर मूल्य भएको युनिलिभरले गर्यो लाभांश घोषणा

कृषिमन्त्री खनाल आइसियुमा

Related posts