अब एटिएमबाट दैनिक ६० हजार मात्र झिक्न मिल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएम ठगी प्रकरणपछि दैनिक रुपमा झिक्न मिल्ने रकमको सिमा घटाएको छ । गत साता एटिएममार्फत करिब साढे ३ करोड रुपैयाँ ठगी भएपछि दैनिक झिक्न मिल्ने एक लाख रुपैयाँको सिमा, ६० हजार रुपैयाँमा सिमित गरिएको छ ।

शनिबार ह्याकरले एटिएममार्फत ठूलो रकम चोरी गरेपछि केन्द्रीय बैंकले उक्त ठगी प्रकरण अध्ययनका लागि समिति गठन गरेको थियो ।

समितिले सोमबार एटिएमबाट झिक्न मिल्ने रकमको सिमा घटाउन सुझाव दिएपछि राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गरी डेविट कार्ड र क्रेडिट कार्डबाट झिक्न सकिने रकमको सिमा घटाएको हो ।

२०७६ भदौ २० गते प्रकाशित

२०७६ भदौ २० गते ०८:२९ मा प्रकाशित

You can share this post!

धर्म संस्कृति माथि प्रहारः साधु सन्त आउदा बस्ने खाने ठाउँको अभाव !

विप्लव समूहले स्कुल र कलेजमा बम बिष्फोट

Related posts