काठमाडौं । सर्वोच्च अदालतले भोलि (भदौ २१) गते शनिबार हुन लागेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चिकित्सा शिक्षण संस्थानको ’एमबिबिएस’ तहको परीक्षा रोक्न अन्तरीम आदेश दिएको छ ।
आयुष ओझासमेतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध दिएको उत्प्रेषणको रिटमा सुनवाई गर्दै शुक्रबार सर्वाेच्चले अन्तरीम आदेश दिएको हो ।
सर्वाेच्चका न्यायाधीश तेज बहादुर केसीको एकल इजलाशले दुवै पक्षलाई राखी छलफल गर्नु पर्ने भएकाले प्रत्यर्थीलाई २५ भदौमा छलफलका लागि सूचना जारी गर्ने आदेश दिएको छ ।
२०७६ भदौ २० गते प्रकाशित
वि.सं.२०७६ भदौ २० शुक्रवार १६:२८ मा प्रकाशित