काठमाडौं। शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाईसेन्स)को प्रवेश पत्र यहि २७ गतेदेखि ३१ गतेसम्म प्रिन्ट गर्न सकिने बताएको छ ।
यस अघि आयोगले यहि भदौ २१ गतेदेखि प्रवेश पत्र प्रिन्ट गर्न सकिने बताएको थियो । तर, अझै पनि केहि उम्मेदवाहरुबाट दरखास्त फारम संशोधनका लागी निवेदन परेकाले सार्नु परेको आयोगको सूचनाका उल्लेख छ ।
आयोगले शनिबार एक सूचना निकाल्दै अब २७ गतेदेखि ३१ गतेसम्म प्रिन्ट प्रवेश पत्र प्रिन्ट गर्न सकिने जनाएको छ ।
२०७६ भदौ २२ गते प्रकाशित
वि.सं.२०७६ भदौ २२ आइतवार ०९:१२ मा प्रकाशित