काठमाडौं । जापानले नेपाली कामदार लैजाने प्रक्रिया औपचारिक रुपमा सुरु गरेको छ । यसका लागि जापानको स्वास्थ्य, श्रम तथा कल्याणकारी मन्त्रालयले परीक्षाको मिति, विषयवस्तु लगायतका विषय सार्वजनिक गरेको हो ।
जस अनुसार नेपालमा आगामी अक्टोवर २७ देखि २९ सम्म, नोभेम्वर ५ देखि ७ सम्म तथा नोभेम्वर १२ देखि १४ सम्म तीन चरणमा पहिलो चरणको नर्सिङ केयरको सीप परिक्षा हुने छ ।
सीप परिक्षा एक घण्टाको हुनेछ । त्यस अवधिमा ४५ वटा प्रश्न सोधिने र त्यसमध्ये ४० प्रश्नको लिखित परिक्षा हुनेछ । पाँच वटा प्रश्न रहने प्रयोगात्मक परिक्षामा कम्प्यूटरको माध्यमबाट जाँच हुनेछ ।
नतिजा परिक्षा भएको एक महिना पछि हुने र उत्तिर्ण हुन न्यूनतम ६० अंक प्राप्त गरेको हुनुपर्ने मन्त्रालयले जनाएको छ ।
यसैगरी जापानी भाषा परिक्षा आधा घण्टाको हुनेछ । दुई–दुई मिनेटका १५ वटा प्रश्न सोधिनेछन ।
तीन खण्डमा बाँडिएको भाषा परिक्षाका १५ वटा प्रश्न हरेक खण्डमा पाँच–पाँच वटाका दरले सोधिनेछ । भाषा परिक्षाको शुल्क तथा र सीप परिक्षण दुवैको परिक्षा शुल्क एक–एक हजार येन गरी दुई हजार येन तोकिएको छ ।
हेर्नुहोस् नमुना प्रश्नपत्रहरु
[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/japan-qestions-1-1.pdf” title=”japan- qestions 1″] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/japan-qestions-2-1.pdf” title=”japan- qestions 2″] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/japan-qestions-3-1.pdf” title=”japan- qestions 3″] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/japan-qestions-4.pdf” title=”japan- qestions 4″]
२०७६ भदौ २३ गते प्रकाशित
वि.सं.२०७६ भदौ २३ सोमवार १३:४० मा प्रकाशित