back
NMB ad

नेपाल पुर्नर्बीमाले अघि बढायो १ अर्ब ६० करोडको आईपीओ निष्काशन प्रकृया

Kumari bank ad

काठमाडौं । नेपाल पुर्नर्बीमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्काशनको प्रकृया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो।

पुर्नर्बीमा कम्पनीले भदौ २२ गते आइतबार एक सय रुपैयाँ अंकित दरका १ करोड ६० लाख कित्ता आईपीओ निष्काशनको लागि बोर्डसँग अनुमति मागेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नेछ ।

पुर्नबीमा कम्पनीले निष्काशन गर्न लागेको आईपिओलाई इक्रा नेपालले ‘इक्रा एनपि आईपिओ ग्रेड २’ रेटिङ्ग प्रदान गरेको छ। इक्रा नेपालले प्रदान गरेको ग्रेड २’ रेटिङ्गले कम्पनीको वित्तीय अवस्थाको पक्ष औसत आधारभुत भन्दा माथि रहेको जनाउँछ।

गत जेठ ३१ गते सम्पन्न कम्पनीको चौथो वार्षिक साधारण आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो । सर्वसाधारणमा शेयर निष्काशनका लागि कम्पनीले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्ब, जारी पूँजी १० अर्ब, र चुक्ता पूँजी ८ अर्ब ४० करोड रहेको छ। सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ ।

२०७६ भदौ २३ गते प्रकाशित

वि.सं.२०७६ भदौ २३ सोमवार १५:२७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...