काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकलाई बिमा पोलिसीबिक्री गर्न रोक लगाएपछि बिमा कम्पनीहरूसहकारी संस्थातर्फ आकर्षित हुन थालेका छन।
बिमा कम्पनीलेव्यवसाय विस्तारका लागि सहकारीकासंघहरूका साथै प्रारम्भिक संस्थाहरूसँग सम्झौता गर्न थालेका हुन।
बिमा कम्पनीले बैंक तथा वित्तीय संस्थाहरूका साथै सहकारीहरूलाई संस्थागत एजेन्ट बनाएर विभिन्न पोलेसीहरू बिक्री गर्दै आएका थिए ।
बैंकहरूले ऋणीलाई अनिवार्य बिमा गर्न बाध्य पारेको गुनासो बढेपछि राष्ट्र बैंकले बैंकहरूलाई कडाइ गरिसकेको छ । बैंकमा कडाइ गरेपछि बिमा कम्पनीहरूको ध्यान सहकारीतर्फ केन्द्रीत भएको हो ।
२०७६ भदौ २४ गते प्रकाशित
वि.सं.२०७६ भदौ २४ मंगलवार ०९:२८ मा प्रकाशित