काठमाडौं । सरकारले आज भदौ २४ गते दिउँसो १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । आयल निगमले पेट्रोल, डिजेर र मट्टितलेको मूल्य प्रति लिटर २/२ रुपैयाँले घटाउने निर्णय गरिएको हो ।
पेट्रोलियम पाइलाइनको उद्घाटन हुनुभन्दा केहि समय पहिले आयल निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले अमलेखगञ्जबाटै मूल्य घटाउने घोषणा गर्नुभएको हो ।
एलपिजी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर १०७ रुपैयाँ र डिजेल तथा मट्टितेलको समान ९५ रुपैयाँ कायम हुनेछ ।
२०७६ भदौ २४ गते प्रकाशित
वि.सं.२०७६ भदौ २४ मंगलवार १३:०५ मा प्रकाशित