back
NMB ad

आज पनि निराशानक नतिजा, यस्तो छ नेप्सेको दिनभरीको कारोबार !

Kumari bank ad

काठमाडौं । निरन्तर ओरालो लाग्दै आएको सेयर बजार मापक नेप्से साताको तेस्रो दिन आज (मगंलबार) पनि २.२४ अङ्कले ओरालो लागेको छ ।

साताको पहिलो दिन आइतबार १२.६१ अङ्कले र सोमबार ९.५४ अङ्कले ओरालो लागेको थियो । तीन दिनमै नेप्से २४.३९ अङ्कले घट्न पुगेको छ ।

निरन्तर ओरालो लागेर नेप्से ११६६.६७ अङ्कमा आइपुगेको छ । सबैभन्दा बढी जीवन बिमा कम्पनी समूहको उपसूचक २६.२१ अङ्क र ७५ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको बैंक समूहको उपसूचक १.७५ अङ्कले घटेको छ ।

होटल समूहको उपसूचक २८.८७ अङ्क, विकास बैंक समूहको उपसूचक २.०६, निर्जीवन बिमा कम्पनी समूहको उपसूचक २२.८२ र म्यूचुअल फन्ड समूहको उपसूचक ०.०५ अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घट्न पुगे । उक्त दिन २३ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन कुमारी बैंकको सेयर सबैभन्दा बढी १ करोड २५ लाख रुपैयाँबराबरको कारोबार भएको छ । दोस्रो बढी रकमको सेयर कारोबार एनआइसी एसिया बैंकको भएको छ ।

उक्त बैंकको १ करोड २३ लाख रुपैयाँबराबर कारोबार भएको छ। तेस्रो बढी सेयर कारोबार हुने नेपाल लाइफ इन्स्योरेन्स छ । उक्त इन्स्योरेन्सको १ करोड ८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

२०७६ भदौ २४ गते प्रकाशित

वि.सं.२०७६ भदौ २४ मंगलवार १६:३२ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...