काठमाडौं । बिहीबार सुनचाँदीको भाउ घटेको छ । सुन बिहीबार तोलामा २ सय रुपैयाँ घटेर ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार स्थिर रहँदै सुन तोलाको ७१ हजार रुपैयाँमा सुन कारोबार भएको थियो । यस्तै, चाँदी बिहीबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।
२०७६ भदौ २६ गते प्रकाशित
वि.सं.२०७६ भदौ २६ बिहीवार ११:४५ मा प्रकाशित