सरकारद्वारा ९ सय (स्थायी/अस्थायी) कर्मचारी दरबन्दी सिर्जनाः कहिले खुल्दैछ विज्ञापन ?

काठमाडौं । बेरोजगार युवाहरुको संख्या बढेको तर सरकारले रोजगारीको सिर्जना गर्न नसकेको आरोप खेपिरहेको बेला झण्डै ९ सय कर्मचारी दरबन्दी सिर्जना गरेको छ ।

सरकारले विभिन्न कार्यालय र आयोजनाका लागि स्थायी, अस्थायी गरी ९ सय कर्मचारी दरबन्दी सिर्जना गरेको हो । विभिन्न मन्त्रालयअन्तर्गतका आयोजना तथा कार्यक्रमका लागि ८ सय ८३ पद सिर्जना गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै राजपत्रांकित स्थायी ८ सय ५३ पद, राजपत्रांकित अस्थायी १५ पद र सेवा केन्द्रका लागि २५ अस्थायी पदको दरबन्दी स्वीकृत गरेको जानकारी दिनुभयो ।

राजपत्रांकित दरबन्दीमध्ये सबैभन्दा बढी जलस्रोत तथा सिँचाई विभागअन्तर्गत ३ सय ६० र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतका आयोजनाका लागि २ सय ७२ दरबन्दी स्वीकृत गरिएको छ ।

२०७६ भदौ २७ गते प्रकाशित

२०७६ भदौ २७ गते १०:४९ मा प्रकाशित

You can share this post!

आज सार्वजनिक हुन्छ त प्रा.वि. तहको अन्तिम नतिजा ?

नागरिक लगानी कोषको नजिकियो एजिएम, २३.१६% लाभांश वितरण गर्ने

Related posts