काठमाडौं । कुमारी बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । भाउ समायोजनपछि आइतबार यसको सेयर कारोबार प्रतिकित्ता १८४ रुपैयाँ ५५ पैसालाई आधार मानेर खुलेको छ ।
कुमारी बैंकले असोज ११ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा बैंकले १० प्रतिशत बोनस र यसमा लाग्ने कर तिर्न ०.५२६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न ४ करोड ५७ लाख १३ हजार ५४२ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
साधारण सभा नक्साल ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । हाल कुमारीको चुक्ता पुँजी ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार रुपैयाँ छ ।
बोनस वितरणपछि पुँजी ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार ४३९ रुपैयाँ पुग्नेछ ।
२०७६ भदौ २९ गते प्रकाशित
वि.सं.२०७६ भदौ २९ आइतवार १३:२५ मा प्रकाशित