विद्युत् प्राधिकरणको २५% आईपीओ आउँदै , यस्तो छ निष्कासनको तयारी !

काठमाडौं । सरकार स्वामित्वको नेपाल विद्युत प्राधिकरणले २५ प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । प्राधिकरणलाई कम्पनी मोडेलमा लगेर सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो ।

प्राधिकरणले नाफा गर्न थालेकाले २५ प्रतिशत आईपीओ निष्कासनको प्रस्ताव गरिने कार्यकारी निर्देशक कुलमान घिसिङ्ले बताउनुभयो । उहाँले आईपीओ निष्कासनका लागि प्राधिकरणको सम्पत्ति मूल्याँकन काम सुरु गरिने जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा ७ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको प्राधिकरणले चालु आर्थिक वर्षमा ८ अर्ब ५० करोड रूपैयाँ नाफाको प्रक्षेपण गरेको छ ।

नाफा बढेपछि प्राधिकरणको सञ्चित नोक्सानी घटेर १५ अर्ब रुपैयाँमा झरेको छ । बिजुली चुहावट २५ बाट घटेर १५ प्रतिशतमा झरेको छ ।

प्राधिकरणले चुहावट घटाएर नाफा बढाउने लक्ष्य लिएको छ । गत वर्ष प्राधिकरणले ७३ अर्ब ४६ करोड रुपैयाँको कारोबार गरेको थियो ।  प्राधिकरणले स्थापना गरेका सहायक कम्पनीहरुले धमाधम आईपीओ निष्कासन गरिरहेका छन ।

२०७६ भदौ २९ गते प्रकाशित

२०७६ भदौ २९ गते १६:१५ मा प्रकाशित

You can share this post!

सेयर बजारः साताको पहिलो दिनमै उच्च अंकले घट्यो नेप्से, यस्तो छ आजको कारोवार

मेयरले गरे खानेपानीमा भएको अनियमितताको यस्तो खुलासा ! यस्ता छन बागलुङ नगरको गतिविधि

Related posts