काठमाडौं । संघ र स्थानीय तहमा गरी ११ हजार कर्मचारी पदपूर्ति गरिने भएको छ । विभिन्न कारणले स्थानीय तहमा ६ हजार र संघमा ५ हजार कर्मचारीका पदहरू रिक्त छन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश लोकसेवा आयोग गठन हुनुअघि स्थानीय तहले पदपूर्तिका लागि माग गरेका पदहरू लोकसेवा आयोगले पदपूर्ति गर्नेछ ।
त्यसैगरी संघअन्तर्गतका निकायहरूमा रिक्त विभिन्न पद तथा सेवा समूहको समेत आयोगले विज्ञापन गर्नेछ । नागरिक दैनिकमा खबर छ ।
२०७६ भदौ ३० गते प्रकाशित
वि.सं.२०७६ भदौ ३० सोमवार ०८:०९ मा प्रकाशित