back
NMB ad

विश्व बैंकको प्रतिवेदनः वाणिज्य बैंकको संख्या १५ मात्र ! चुक्ता पुँजी कम्तीमा १६ अर्ब पुर्‍याऊ

Kumari bank ad

काठमाडौं । पुँजी छरिएर रहेकाले नेपाली बैंकले बृहत् लगानी गर्न नसकेको भन्दै वाणिज्य बैंकहरूको चुक्ता पुँजी कम्तीमा १६ अर्ब रुपैयाँ र्पुयाउन विश्व बैंकको प्रतिवेदनले सुझाएको छ ।

विश्व बैंकले शुक्रबार जारी गरेको ‘नेपालको पूर्वाधार क्षेत्रको मूल्यांकन प्रतिवेदन’मार्फत यस्तो सुझाब दिएको हो । पुँजी छरिएर रहेकाले नेपाली बैंकले क्षमताभन्दा पनि कम लगानी गरिरहेको भन्दै बैंकहरूको क्षमता विस्तारका लागि पुँजी वृद्धि आवश्यक भएको विश्व बैंकले उल्लेख गरेको छ ।

‘१४औँ योजनाअनुसार विकासका लागि २४ खर्ब २५ अर्ब लाग्ने भनिएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘यसका लागि निजी क्षेत्रबाट मात्रै ५५ प्रतिशत लगानी हुने अनुमान गरिएको छ ।

यसमा वैदेशिक लगानीकर्ता र नेपाली बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुन्छ ।’ वाणिज्य बैंकहरूले चुक्ता पुँजी १६ अर्ब र्पुयाउनुपर्ने र यसको माध्यम मर्जरलाई बनाइनुपर्ने प्रतिवेदनमा औँल्याइएको छ । उसले संख्या तोकेरै वाणिज्य बैंकलाई २८ बाट १५ मा झार्नुपर्ने सुझाब दिएको छ ।

बैंकहरू समायोजनको यो क्रममा मध्यमकालीन अवधिमा पूरा हुने गरी कम्तीमा १० नेपाली बैंकमा वैदेशिक साझेदार भित्रयाउनुपर्ने सुझाब विश्व बैंकको छ ।

राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाउन खोजिरहेको छ । संख्या नतोकिए पनि मर्जरमा जान बैंकहरूलाई प्रोत्साहन गरिने मौद्रिक नीतिमै उल्लेख छ । -नयाँ पत्रिकामा समाचार छ ।

२०७६ भदौ ३१ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३१ मंगलवार ०८:२३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...