back
NMB ad

२२ वटा वाणिज्य बैंकले बनाए मर्जरमा जाने मानसिकता, यस्तो छ संकेत !

Kumari bank ad

काठमाडौं । बैङ्कहरुले नेपाल राष्ट्र बैङ्कमा बुझाएको प्रगति विवरणमा मर्जरमा कुनै प्रगति नभएको देखिएको छ । केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कसँग मर्जरका लागि हालसम्म भएका प्रगति विवरण १० दिनभित्र बुझाउन निर्देशन दिएको थियो ।

राष्ट्र बैङ्कमा प्रगति विवरण बुझाउने अधिकांश बैङ्कले मर्जर र प्राप्तिको प्रक्रिया अघि बढाउन मर्जर समिति गठन गरेको, समितिले मर्जरका लागि विभिन्न बैङ्कसँग छलफल गरिरहेको, मर्जरको प्रक्रिया अगाडि बढिरहेको र सञ्चालक समितिमा छलफल जारी छ भन्ने उल्लेख गरेका छन।

उनीहरुले बैङ्क तथा वित्तीय संस्थाको नाम तोकेर मर्जर वा प्राप्तिका लागि ठोस प्रगति भएको विवरण बुझाएका छैनन ।
हालसम्म २२ वटा वाणिज्य बैङ्कले मर्जरमा जान तयार रहेको जानकारी केन्द्रीय बैङ्कलाई दिएका छन ।

मौद्रिक नीतिमा ‘फोर्स मर्जर’को व्यवस्था नगरिएपछि राष्ट्र बैङ्कले मर्जरका लागि हालसम्म भएका प्रगति विवरण मागेको थियो ।

मौद्रिक नीति आउनुअघि बैङ्कहरुले मर्जरमा जान तयार छौं भनेर मात्रै प्रतिबद्धता व्यक्त गरेका थिए । अहिले प्रगति पनि खासै भएको छैन । राष्ट्र बैंकले निर्देशन जारी गरेपछि ‘पठाउनका लागि मात्रै’ बैंकहरुले प्रगति विवरण पठाएका छ् ।

बैंकहरुको मर्जरमा जाने भित्रि इच्छा नभएको एक बैङ्करले बताए । राष्ट्र बैङ्कले मर्जरको नीति लिएपछि हट्ने ठाउँ नभएका कारण बैङ्कको चाहना नभए पनि मर्जरमा जान बाध्य भएका हुन ।

विश्व बैङ्कले समेत बैङ्कको लगानी क्षमता बलियो बनाउन भन्दै संख्या घटाएर १५ वटामा झार्न सुझाएको छ । पछिल्लो पटक सार्वजनिक भएको प्रतिवेदनमा विश्व बैङ्कले बैङ्कको वासलातको आकार मजबुत बनाउन पूँजी १६ अर्ब रुपैयाँ पुर्याउन सुझाव दिएको छ ।

२०७६ असोज ०३ गते प्रकाशित

वि.सं.२०७६ असोज ३ शुक्रवार ०८:०४ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...