अब खाना पकाउने ग्याँसको मुल्य प्रतिसिलिण्डर एक हजार ३५०

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले शुक्रबार रातीदेखि लागु हुने गरी खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धन (वाह्य) को भाउ घटाएको छ ।

ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन वाह्य प्रतिकिलो लिटर ५० डलर घटाएको निगमले जनाएको छ ।
हवाई ईन्धन आन्तरिक उडान तर्फ प्रतिकिलो लिटर १ हजार र ग्याँस १ हजार ३५० रुपैयाँ कायम गरिएको छ ।

निगमले पेट्रोल र डिजल र मट्टितेलको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।

२०७६ असोज ०५ गते प्रकाशित

 

२०७६ असोज ५ गते ०७:४९ मा प्रकाशित

You can share this post!

सवैभन्दा पछिल्लो अपडेटः भर्खरै सार्वजनिक भयो प्रावि तहको थप अन्य जिल्लाका अन्तिम नतिजा

यसकारण माग्यो चिकित्सा शिक्षा आयोगले ९० करोड

Related posts