back
NMB ad

१० प्रतिशत लाभांश वितरण गर्दै सिभिल लघुवित्त

Kumari bank ad

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

यसर्थ, कम्पनीले ५७ लाख ५ हजार ७०० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ५७ लाख ५ हजार ७०० रुपैयाँ नै नगद लाभांश बाँड्नेछ ।

सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने सिभिलले जनाएको छ । अघिल्लो वर्ष सिभिलले ४ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद गरी कूल ७.५ प्रतिशत लाभांश दिएको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको छ । अहिले घोषणा गरेको बोनस सेयरपछि भने पुँजी ११ करोड ९८ लाख १९ हजार ७०० रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ६३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा रहेको सिभिलको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ६३ पैसा छ ।

२०७६ असोज ०६ गते प्रकाशित

वि.सं.२०७६ असोज ६ सोमवार ११:५४ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...