back
NMB ad

दशैँ मनाउन बाहिर जादैँ हुनुहुन्छ ? विचार गर्नुहोस् ! प्रहरीले जारी गर्यो यस्तो नियम

Kumari bank ad

काठमाडौं । दशैं मान्न घर जाने योजनामा रहेका उपल्यका बासिले नजिकको प्रहरीलाई जानकारी गराएर मात्र घर छाड्नु पर्ने भएको छ ।

काठमाडौं उपत्यकामा घर भएर दशैंका बेला पुर्ख्यौली घर जाने व्यक्तिले घर छाडेर जानेबेला प्रहरीलाई खबर गर्नुपर्ने भएको हो ।

दशैं, तिहार तथा छठ पर्वका लागि महानगरीय प्रहरी परिसर काठमाडौंले तयार पारेको सुरक्षा योजनामा दशैंका बेला काठमाडौं बाहिर जाने घरधनीहरुले अनिवार्य रुपमा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ ।

चाडपर्व मनाउन काठमाडौंको घर छाडेर पुर्ख्यौली घर जाँदा घरमा चोरी लगायतका घटना हुने भएकाले सबै घरधनीहरुले आफूहरुलाई घर छाडेर गएको जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।

यसका साथै, घरमा काम गर्ने कामदार र सुरक्षाका लागि मानिस राखिएको छ भने ति व्यक्तिबारे पनि जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।

‘चाडपर्व मनाउन पुर्ख्यौली घर जाँदा ति व्यक्तिहरुको काठमाडौं उपत्यकामा रहेको घरमा चोरी हुने घटना अत्यधिक हुने गरेको छ । तसर्थ यस्ता घटना हुन नदिन प्रहरीले घरधनीसँग नै समन्वय गर्ने योजना बनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताउनुभयो ।

दशैं मनाउन आफ्नो पुर्ख्यौली घर जाने सबै घरधनीले नजिकको प्रहरी कार्यालयमा जानकारी गराएमा त्यहाँ विशेष निगरानी राखिने उहाँले बताउनुभयो । साथै कुनै घटना भई खबर पाएको १ मिनेटमै प्रहरी उपलब्ध गराउने पनि उहाँले बताउनुभएको छ ।

प्रहरीले लामो अध्ययन र अनुसन्धान गरेर सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्र पहिचान गरेको र सो क्षेत्रमा विशेष निगरानी राखिने बताइएको छ ।

काठमाडौं जिल्लाका १४ ठाउँहरुलाई सुरक्षा संवेदनशीलताका आधारमा ‘भिन्न भिन्न एरिया’का रुपमा विभाजन गरिएको छ । यस्ता एरियामा परिचालन हुने प्रहरी टोली पनि सुरक्षा संवेदनशीलताका आधारमा निर्धारण गरिएको सुवेदीको भनाइ छ ।

गस्ति टोलिलाइ तयारी अवस्थामा राखेको र कुकुर सहितको सर्च अपरेशन चलाइने योजनामा नेपाल प्रहरी रहेको बताइएको छ । यसका साथै दशैंका बेला हुनसक्ने संभावित घटनाका लागि सादा पोसाकमा पनि प्रहरी परिचालन हुने एसएसपी सुवेदीले बताउनुभएको छ ।

२०७६ भदौ ०६ गते प्रकाशित

वि.सं.२०७६ असोज ६ सोमवार १४:४६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...