सरकारले एकैपटकमा हटायो करिब ३ हजार कर्मचारी, अब नयाँ भर्ना !

काठमाडौं । सरकारले एकैपटक करिब ३ हजार कृषि तथा भेटरिनरी प्राविधिक कर्मचारीलाई सेवाबाट हटाएको छ ।

‘एक गाउँ एक प्राविधिक’ नारा अन्तर्गत २०७२ सालमा भर्ना गरिएका कृषि तथा भेटेरिनरी कर्मचारीलाई अर्थ मन्त्रालयले २०७६ भदौ ३१ मा निर्णय गरी सेवाबाट हटाउने निर्णय गरेको हो ।

पुराना हटाएर अर्थले नयाँ भर्ना लिन सकिने व्यवस्था गरेको छ । यसका लागि मन्त्रालयले बजेट पनि छुट्याएको छ । एक गाउँ एक प्राविधिकअन्तर्गत भर्ना भएका कर्मचारी खरिदार तहका हुन् तर अर्थले नयाँ भर्ना लिन बजेट छुट्याइएका कर्मचारी नायब सुब्बा तहका कर्मचारीका लागि हो ।

यसमा पुराना कर्मचारीले भने भर्ना हुन अवसर पाउने छैनन । नागरिक दैनिकमा खब प्रकाशित छ ।

२०७६ असोज ०७ गते प्रकाशित

२०७६ असोज ७ गते ०९:०८ मा प्रकाशित

You can share this post!

सनराइज फस्टको १० करोड युनिट म्युचुअल फन्ड भोलिदेखि खुल्दै

एनएमबि र ओमबीच मर्जर सकियो, असोज ११ गतेदेखि एकीकृत कारोबार

Related posts