back
NMB ad

सिस्नेखोला-नागढुंगा सुरुङमार्ग निर्माणको टुङ्गो , साढे १३ अर्बमा ठेक्का

Kumari bank ad

काठमाण्डौं । नौबीसे देखि थानकोट सम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण ट्राफिक जामको समस्याले निकै सास्ति खेप्नु परेको अवस्थामा अब भने सुरुङ मार्ग निर्माणको काम टुङ्गो लागेको छ । टेण्डर मूल्यांकन प्रक्रियामा लामो समय अलमल भई काम थाल्न ढिलाइ भएको यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पश्चात् सुरुङमार्ग निर्माण सम्झौता सम्पन्न भएको हो ।

करिब १५ अर्ब २५ करोडको लागतमा बन्न लागेको यो योजनाका लागि करबाहेक साढे १३ अर्बमा सुरुङमार्ग ठेक्का लागेको हो । यसका लागि सरकारले यो वर्ष ६ अर्ब २७ करोड विनियोजन गरेको बतायएको । धादिङको सिस्नेखोला देखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्ग निर्माणका लागि जापानी कम्पनी हाज्मारआन्दो जेभीसँग ठेक्का सम्झौता गरेको हो । तिहारपछि (नोभेम्बर १) बाट सुरुङमार्ग निर्माणको काम थालिने र काम थालेको ४२ महिना अर्थात् साढे ३ वर्षमा सुरुङमार्ग तयार हुने आयोजना प्रमुख श्यामप्रसाद खरेलले बताउनुभयो ।

विष्फोटक पदार्थ प्रयोग गरेर सुरुङमार्ग निर्माण गरिने हुँदा यसको निर्माणमा टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग भने नगरिने बताइएको छ । काठमाण्डौंको कोटेश्वर-सूर्यविनायक खण्डलाई ८ लेनमा विस्तार गर्नुका साथै बिपी राजमार्ग को निर्माण गरेको यस कम्पनि नेपालमा राम्रो काम गर्ने इतिहास भएको जापानी कम्पनी हो । जापान सरकारले डिजाइन गरेको यस सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । २.३५ किलोमिटर लम्बाइको यो सुरुङमार्गको निर्माण पश्चात् २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने सडक विभागको दाबी छ ।अहिले सडकमा सानो अवरोध आउँदा पनि नौबीसे देखि काठमाडौ प्रवेश गर्न नाकामै घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ ।

यो सुरुङमार्ग दुबैतर्फका सडक बेला-बेलामा दुई लेनमा परिणत हुने र कुनै बेला एक लेनमा खुम्चिन्छन् । एकापट्टिको सडक दुई लेन हुँदा अर्कोपट्टि एक लेन हुन्छ, जुन फेरबदल भइरहन्छ । १२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १/१ मिटरको पेटी राखिने छ । सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनुका साथै आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइनेछ ।

नेपाल आयल निगमको थानकोट डिपोमुनि निस्कने सुरुङमार्गलाई पुनःत्रिभुवन राजपथमा ल्याएर जोड्न २.२५ किलोमिटर लामो तीन लेनको एक्सेस रोड पनि निर्माण गर्नुपर्नेछ । यसका लागि अहिले जग्गा अधिग्रहणको काम भइरहेता पनि स्थानीयबासीसँगको विवाद कायमै छ । साथै सहायक मार्ग निर्माणका लागि पनि सडक विभागले आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया चालिरहेको छ । सहायक मार्ग सतुंगलस्थित टेलिकमको कार्यालय नजिक आएर मुख्य राजमार्गमा नै जोडिनेछ । धादिङको सिस्नेखेलातर्फ भने सहायक मार्ग निर्माण गर्नु नपर्ने बताइएको छ । यो सुरुङमार्ग निर्माणसँगै काठमाडौं जाँदा आउँदा खपत हुने इन्धन बचत हुने भएको छ ।

२०७६ भदौ ०७ गते प्रकाशित

वि.सं.२०७६ असोज ७ मंगलवार ११:४७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...