back
NMB ad

ओटीसी बजारमा डेढ अर्ब बढिको कारोबार, बोर्डले कमिसन घटाएपछि कारोबार बढ्न थाल्यो

Kumari bank ad

काठमाडौं। आर्थिक वर्ष २०७५/७६ को गत माघदेखि असारसम्मको ६ महिनाको अवधिमा ओभर द काउन्टर (ओटीसी) बजारमा १ अर्ब ६३ करोड ४९ लाख ३३ हजार ४१४ रुपैयाँको कारोबार भएको छ ।

ओटीसी बजारबाट कारोबार बढाउने भन्दै नेपाल धितोपत्र बोर्डले कमिसन घटाउन थालेपछि ओटीसी बजारमा कारोबार बढ्न थालेको छ ।

जुनसुकै कारोबारमा डेढ प्रतिशत शुल्क लिने व्यवस्थालाई परिवर्तन गरी बोर्डले कारोबार रकम अनुसार कमिसन शुल्क वर्गीकृत गरेको छ ।

पब्लिक कम्पनीमा रूपान्तरण भएका तर सार्वजनिक सेयर निष्कासन नगरेका एवं नेप्सेबाट सूचीकरण खारेज भएका कम्पनीको कारोबार गराउनका लागि ओटीसी बजार सञ्चालनमा ल्याइएको हो ।

ओटीसी कारोबार सञ्चालनका लागि धितोपत्र बजार सञ्चालन नियमावली,२०६४ लाई आधार मानेर नेप्सेले ओटीसी बजार सञ्चालन विनियमावली, २०६५ पनि बनाएको छ ।

सेयर बजार व्यापारमा ब्रोकरहरूजस्ता मूल्य प्रणालीको संलग्नताबिना सिधा एक्सचेञ्ज मार्फत व्यापार गर्न अपनाइएको प्रणाली ओटीसी बजार हो । यसमार्फत हुने व्यापारलाई छोटकरीमा ओटीसी अर्थात ओभर दि काउन्टर भनिन्छ ।

सामान्यतयाः नेप्सेमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा गर्न नसकेको कम्पनीहरूको धितोपत्रहरूमा तरलता कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने हेतुले ओटीसीमार्फत सेयर व्यापार गर्ने गरिन्छ ।

२०७६ असोज ०७ गते प्रकाशित

वि.सं.२०७६ असोज ७ मंगलवार १३:४७ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...