back
NMB ad

नयाँ व्यवसाय प्रबर्धन गर्न मेगा र आइडिया स्टूडियोबीच सम्झौता

Kumari bank ad

काठमाण्डौं । मेगा बैंक नेपाल लिमिटेड र आइडिया स्टूडियो नेपालबीच नयाँ सोचका साथ व्यवसाय गर्न चाहने युवा तथा महिला उद्यमीहरुको प्रबर्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

युवाहरुमा रहेको व्यावसायिक सोचलाई उद्यमशिलतासँग जोडेर उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले मेगा बैंक र आइडिया स्टूडियोबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा मेगा बैंकका सिइओ अनुपमा खुञ्जेली र आइडिया स्टूडियो नेपालका अध्यक्ष डा. छिरिङ लामाले हस्ताक्षर गर्नुभयो । यस सम्झौताले व्यवसाय गरिरहेका तथा नयाँ सोचका साथ व्यवसाय गर्न इच्छुक युवा एवं महिला उद्यमीहरु लाभान्वित हुने विश्वास गरिएको छ ।

यसका साथै साना मझौला व्यवसाय गरिरहेका तथा गर्न इच्छुक महिला उद्यमीहरुको व्यवसाय प्रबर्धन गर्न मेगा बैंकले सहुलियत कर्जामा बैंकिङ सुविधा प्रदान गर्ने भएको छ । बैंकको नीति अनुसार धितो वा धितो बिना पनि कर्जा प्रवाह गरिने सम्झौता पत्रमा उल्लेख छ । यसैगरी, आइडिया स्टूडियो नेपालले नयाँ सोच भएका युवा तथा महिलाहरुलाई बैंकिङ पहुँच पुर्याउन मद्दत गर्नेछ ।

२०७६ भदौ ०७ गते प्रकाशित

वि.सं.२०७६ असोज ७ मंगलवार १४:४७ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...