बैंक ठगी कसुरमा सिआइवीले बुझायो यी १६ जना विरुद्ध सरकारी वकिललाई मिसिल (सूचि सहित)

काठमाडौं । नक्कली धितो देखाई बैंक ठगी गर्ने अभियुक्त सहित संलग्न १६ जना विरुद्ध केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । व्यूरोको अनुसन्धान प्रतिवेदनमा हदैसम्मको सजायँ मागदावी गरी विशेष सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरिएको व्यूरोले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

बैंक अफ काठमाडौंका शाखा प्रमुख प्रतिक श्रेष्ठको जाहेरीको आधारमा ऋणी स्वर्णिम एण्ड श्रीजन कम्पनी प्रा.लिका संस्थापक एवं सञ्चालक सुरेन्द्र श्रेष्ठले बैंकबाट कम्पनीको नाममा झापाको कित्ता नं. ३५९६ र ३२७१ को ४ कठ्ठा १० धुर जग्गा झुठ्ठा विवरण, लिखत र नापी नक्सा मिलाई बैंकमा पेश गरी २ करोड ५० लाख बाह्र हजार सन्तानब्बे बराबरको हानी नोक्सानी पुर्याएको उल्लेख छ ।

विभिन्न मितिमा पक्राउ पर्नेमा सञ्चालक श्रेष्ठ सहित संलग्न ११ जना छनर भने पाँच जना फरार रहेको व्यूरोका प्रवक्ता बेल बहादुर पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख ।

हेर्नुहोस अभियुक्तहरुको सूचि

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/P2_BankingFraud20760607.pdf”]

२०७६ असो ७ गते प्रकाशित

२०७६ असोज ७ गते २०:४८ मा प्रकाशित

You can share this post!

भर्खरै आयो प्रावि तहको थप जिल्लाको अन्तिम नतिजा

एकैपटकमा भयो सबै सहसचिवको सरुवा, को– कहाँ ? (सूचिसहित)

Related posts