सोमबार सामान्य सुधार आएको नेप्से फेरि ओरालो यात्रामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार पनि गिरावट आएको छ । सोमबार नेप्सेमा सामान्य सुधार भएको भए पनि मंगलबारदेखि फेरि गिरावट आएको हो ।

बुधबार नेप्से ३.३ अंकले घटेर ११३१.५३ बिन्दूमा झरेको छ । कुल १६६ वटा कम्पनीको ७ लाख ७७ हजारभन्दा बढी कित्ता शेयर १६ करोड ६९ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका समूहमा अन्य समूह, लघुवित्त समूहबाहेक सबै समूह घटेका छन। यस दिन सानिमा बैंकको कारोबार सबैभन्दा बढी भएको छ ।

यस कम्पनीको शेयर ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बुधबार पनि खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन ।

यस कम्पनीको शेयर मूल्य करिब साढे ९ प्रतिशतले बढेको छ । त्य

स्तै तिनहु मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने धेरै गुमाएका छन ।

यस कम्पनीको शेयर मूल्य करिब ७ प्रतिशतले घटेको छ ।

 

 

२०७६ असोज ०८ गते प्रकाशित

२०७६ असोज ८ गते १६:०२ मा प्रकाशित

You can share this post!

माछापुच्छ्रे बैंकको १६% लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

कृषि बैंकको रकम निकाल्ने मुख्य योजनाकार 'काले'

Related posts