back
NMB ad

दशैंमा एकजनालाई १८ हजार ५०० रुपैयाँको सुविधा

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा खुद्रा र सुकिला नोटको लागि १८ हजार ५०० रुपैयाँको मात्रै सटही सुविधा दिने भएको छ ।

गत वर्षको दशैंमा प्रति व्यक्ति २७ हजार रुपैयाँको सटही सुविधा दिएकोमा यस वर्षमा १८ हजार ५०० मा सीमित गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सरकारी स्वामित्वका तीन बैंकले गरी उपत्यका भित्रका तीन २५ क्षेत्र बाट नगद सटही सुविधा राखेको जानकारी गराएका छन्। राष्ट्रिय वाणिज्य बैंकले १० क्षेत्रबाट सटही सुविधा दिने भएको छ ।

त्यस्तै नेपाल बैंकले आठ र कृषि विकास बैंकले ६ क्षेत्रबाट र राष्ट्र बैंकले बालुवाटरबाट पनि सटही सुविधा दिने जानकारी गराएको छ ।

बिहीबारदेखि सात दिनका लागि सटही सुविधा राखेको नेपाल राष्ट्र बैंकले जनाएको छ। सर्वसाधरणले ५, १०, २० ५० र १०० दरका नोट गरी अधिकतम १८ हजार ५०० साट्न पाउने छन ।

निजीस्तरको बैंकले पनि आफ्ना ग्राहकलाई सटही सुविधा दिएका छन । राष्ट्र बैंकले नोट सटहीको सूचनासँगै नोटमा कलर गर्ने वा केरमेट गर्नेलाई कानुनी कारवाही हुने स्मरण गराएको छ ।

राष्ट्र बैंकबाट निकालिएको विज्ञप्तिमा भनिएको छ, ’रंग लगाउने, लेख्ने, केरमेट गरे प्रचलित कानुनअनुसार कारवाही हुनेछ ।’

२०७६ असोज ०८ गते प्रकाशित

वि.सं.२०७६ असोज ८ बुधवार १६:३४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...