काठमाडौं । नेपाली बजारमा विहीवार सुनचाँदीको भाउ घटेको छ । विहीबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
बुधवार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो । विहिवार तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासँघका अनुसार, विहिवार चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
२०७६ असोज ०९ गते प्रकाशित
वि.सं.२०७६ असोज ९ बिहीवार ११:०० मा प्रकाशित