back
NMB ad

सेयर बजारमा ४ अर्बको आइपिओ आउँदै, हेर्नुहोस् ! कस्को कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । सेयर बजारमा ४ अर्ब ६ करोड १५ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४ करोड ६ लाख १५ हजार ५९६ कित्ता आइपीओ आउने भएको छ ।

यतिबेला धितोपत्र बोर्डको पाइपलाइनमा ४ करोड ६ लाख १५ हजार ५९६ कित्ता सेयर रहेको छ । पाइपलाइनमा रहेको ४ करोड ६ लाख १५ हजार ५९६ कित्ता सेयरमा अधिकांश जलविद्युत समूहका रहेका छन् भने केही इन्स्योरेन्स कम्पनी पनि रहेका छन ।

पाइप लाइनमा रहेका कम्पनीमा सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी २०७४ साल असार २७ गते देखि नै बोर्डको पाइप लाइनमा रहेको छ ।

यस्तै मैलुङ खोला जलविद्युत कम्पनीको पनि २०७४ माघ १८ गते बोर्डमा दर्ता भएको थियो । बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुमध्ये सबै भन्दा बढी नेपाल रि इन्सोरेन्सले साधारण सेयर ल्याउने तयारीमा रहेको छ ।

नेपाल रिले १ करोड ६० लाख कित्ता आईपीओ ल्याउने तयारी गरेको छ । यस्तै सबैभन्दा कम सिबीआईएल क्यापिटलले ३ लाख कित्ता साधारण सेयर ल्याउने तयारी गरेको छ ।

विगतको समय भन्दा पछिल्लो समयमा साधारण सेयर आउने क्रम केही घटेको छ । हुनत पछिल्लो समयमा बजारमा आएको गिरावटको कारण आईपीओ भन्दा न्यून मूल्यमा दोस्रो बजारमा नै सेयर पाइन थालेको छ ।

साधारण सेयरमा लगानीगर्न प्रति कित्ता सय रुपैयाँ खर्चनु पर्दछ । तर यति बेला दोस्रो बजारमा नै झण्डै दुई दर्जन हाराहारी कम्पनीको सेयर एक सय रुपैयाँभन्दा कम अर्थात् साधारण सेयर मूल्यभन्दा कममा पाइन थालेको छ ।

हेर्नुहोस् सूचि

कम्पनीकित्ता
NRN Infrastructure and Development3,398,046
Singati Hydro Energy4,350,000
Nepal Re-Insurance Co16,000,000
Shuvam Power Ltd.580,580
Emerging Nepal Limited500,000
Greenlife Hydropower3,496,400
Liberty Energy Company3,750,000
United Idi Mardi and RB Hydropower1,050,000
CBIL Capital300,000
Mailung Khola Jal Vidhyut Co.736,286
Mountain Energy Nepal3,936,054
CEDB Hydropower Development2,518,230
total40,615,596

२०७६ असोज ०९ गते प्रकाशित

वि.सं.२०७६ असोज ९ बिहीवार १४:१९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...