back
NMB ad

कर्मचारीलाई छैन चिन्ता ! सञ्चयकोषले नै घर बनाइदिने, १०% नाफामा बिक्री पनि गरिदिने

Kumari bank ad

काठमाडौं । कर्मचारी संचयकोषमा रकम जम्मा गरिरहेका सञ्चयकर्ताका लागि अब घर किन्ने चिन्ता गर्नु नपर्ने भएको छ । कर्मचारी सञ्चयकोषले आफै आवास निर्माण गरेर सञ्चयकर्ताका लागि बिक्रि गर्ने भएको छ ।

जग्गा धेरै भएको ठाउँमा हाउजिङ र महँगो जग्गा भएको ठाँउमा अपार्टमेन्ट बनाएर कर्मचारीलाई बिक्रि गर्ने योजना सञ्चयकोषले अगाडी बढाएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा सञ्चयकर्ताहरुका लागि आवास परियोजना लागू गर्ने व्यवस्था गरे अनुसार सञ्चयकोषले आवास निर्माण गरी बिक्री गर्ने कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमले बताउनुभयो ।

कोषले निर्माण गरेका आवास बिक्री गर्दा १० प्रतिशत नाफा जोडेर बिक्री गर्ने पनि उनले जानकारी दिनुभयो ।आवास परियोजनाका लागि चितवनमा रहेको कोषको ४ विघा १६ कठ्ठा जग्गामा अध्ययन र परियोजनाको डिजाइन समेत भइसकेको छ ।

कोषका प्रमुख गौतमका अनुसार कोषले आवास परियोजनाका लागि आफ्नै कम्पनी खोलेर सोही कम्पनीमार्फत आवास निर्माण गर्ने छ ।

चितवन बाहेक कोषले काभ्रेको चार वटै नगरपालिका र ललितपुरमा पनि आवास परियोजनाको योजना बनाएको बताइएको छ । ललितपुरमा नगरपालिका सँग मिलेर यो आयोजनालाई अगाडि बढाइने गौतमले जानकारी दिनुभयो ।

२०७६ असोज ०९ गते प्रकाशित

वि.सं.२०७६ असोज ९ बिहीवार १५:३५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...