back
NMB ad

काठमाडौँमा ‘शानदार हुनान’ सांस्कृतिक प्रस्तुती

Kumari bank ad

काठमाडौँ । नेपालको राजधानी काठमाडौँमा पनि जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव मनाइएको छ । चाइना कल्चर सेन्टर काठमाडौँले बिहीबार एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै ७० औं वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले नेपाली नागरिकको तर्फबाट जनवादी गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । नयाँ चीन स्थापना भएपछि गरिबी निवारणमा पाएको सफलता र अनुभव नेपालले पनि अवलम्बन गर्नुपर्ने अधिकारीले बताउनुभयो । चीनको हुनान प्रान्त प्राचीन कला, संस्कृति र सभ्यतासँगै आधुनिक विकासमा अघि बढेकोले नेपालजस्तो बहुसांस्कृतिक देशले यो पनि अनुशरण गर्न योग्य रहेको उल्लेख उहाँले उल्लेख गर्नुभयो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनिया राजदूत हौ यान्छीले नेपालमै मनाइएको ७० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै चिनिया कलाकारहरु नेपाल आएर र नेपालका कलाकारहरु चीनमा गएर कला प्रदर्शन गर्दा दुई देशबीच सांस्कृतिक आदानप्रदानमा ठूलो योगदान पुगेको उहाँको भनाई छ । सांस्कृतिक र प्राकृतिक रुपमा धनी रहेको हुनान प्रान्तका कलाकारहरु यहाँ आएर प्रदर्शन गर्दा सिंगो हुनान नेपाल आएको अनुभव भएको उहाँले बताउनुभयो । जनगणतन्त्र चीन स्थापनाको वार्षिकोत्सव लगत्तै नेपालमा पनि महान चाड दशैं आउने भएकोले दुवै पर्वको अवसरमा उहाँले शुभकामना व्यक्त गर्नुभयो ।

यसैगरी हुनान प्रान्तका संस्कृति तथा पर्यटन विभागका अन्वेषक ख वेइ मियाओले जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सवका अवसरमा सम्पूर्ण नेपालीमा हुनानका नागरिकको तर्फबाट शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपाल स्थित चिनिया सांस्कृतिक केन्द्रसँग मिलेर हुनान प्रान्तले संस्कृति आदानप्रदानका कार्यक्रम सुरु गरेको बताउँदै जनवादी गणतन्त्र चीनका महान नेता माओ जन्मेको ठाउँ भएको र सांस्कृतिक तथा प्राकृतिक रुपमा पनि समृद्ध प्रदेश भएकोले नेपालीहरुलाई हुनान घुम्न आउन आग्रह गर्नुभयो ।

आर्मी अफिसर्स क्लबमा आयोजित भव्य कार्यक्रममा चीनको हुनान प्रान्तको कला, संस्कृति, लोकवाजासहितको सांस्कृतिक प्रस्तुती पनि देखाइएको थियो । हुनान सङ एण्ड डान्स थिएटर कम्पनी लिमिटेड र हुनान पपेट एण्ड स्याडो आर्ट प्रोटेक्सन एण्ड इनहेरिटेन्स सेन्टरका कलाकारहरुले विभिन्न किसिमका नृत्य, वाद्यवादन, कला तथा खेलकुद प्रदर्शन गरेका थिए । जसमा ‘ब्रिलियन्ट डान्स स्याओस्याङ’ नामक समूहिक नृत्य, ‘ब्लोसम इन द इष्ट नामक समूह नृत्य, ‘लभ इन हुनान’ नामक सोलो बासुरी बादन, ‘हुक हुक अम्रेला’ नामक म्याओ जातिको सांस्कृतिक नृत्य, ‘द मुनलाइट फेरी’ नामक पोपेट शो, ‘ह्वाट द पिपा सेज’ र ‘गिभ यु अ रोज’ नामक पिपा नामक चिनिया पुरानो बाजाको सोलो वादन प्रस्तुति, ‘हुआयाओ वमन’ नामक नृत्य, ‘जस्मीन फ्लावर’ र ‘हर्स रेस’ नामक चिनिया पुरानो वाद्य यन्त्र अर्हुको सोलो वादन प्रस्तुति, ‘वेभिङ एण्ड सिङ्गिङ’ नामक थुच्या नामक आदिवासी जातिको परम्परागत नृत्यआदि प्रस्तुत गरिएको थियो ।

चिउ थाओउ नामक कलाकारले ‘स्काई रोड’ चिनिया गीत र ‘तिरिरी मुरली बज्यो…’ नेपाली गीत गाउँदा दर्शकहरुले हुटिङ गरेका थिए । यसैगरी ‘अल्टिमेट फुटबल’ नामक फुटबलको चामत्कारिक कला देखाउँदा र ‘फेस चेन्जिङ’ कला देखाउँदा दर्शक आश्चर्य चकित बनेका थिए ।सो कार्यक्रमलाई हुनान पर्फर्मिङ आर्ट ग्रुपले आयोजना गरेको हो । कार्यक्रमलाई नेपाल स्थित चाइना कल्चर सेन्टर र हुनान प्रान्तको संस्कृति तथा पर्यटन विभागले संयुक्त रुपमा प्रायोजन गरेका थिए ।

२०७६ असोज १० गते प्रकाशित

वि.सं.२०७६ असोज १० शुक्रवार १२:५५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...