back
NMB ad

भर्नुभयो त सूर्या लाइफको ७०% हकप्रद ? आइतवार अन्तिम मौका

Kumari bank ad

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ८ गतेदेखि विक्रीमा ल्याएको ७० प्रतिशत हकप्रद भर्ने असोज १२ गते आइतवार अन्तिम दिन रहेको छ ।

कम्पनीले रू. २ अर्ब चुक्तापूँजी पुर्‍याउन १० बराबर ७ को अनुपातमा कम्पनीले ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद शेयर जारी गरेको हो ।

हकप्रद प्रयोजनका लागि साउन २९ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन २८ गतेसम्म कायम सदस्यहरुले आवेदन दिन सक्नेछन ।

यस हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यस रेटिङले औषतभन्दा कमजोर आधार भएको जनाउँछ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १३ करोड १९ लाख रहेको छ । कम्पनीले असार १० गते १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरि सकेको छ ।

बोनस पश्चात रू. १ अर्ब २६ करोड ७७ लाख २८ हजार चुक्तापूँजी पुगेको कम्पनीले सोही पूँजीको आधारमा हकप्रद विक्री गर्न अनुमति मागेको हो ।

यो हकप्रद पश्चात रू. २ अर्ब १५ करोड ५१ लाख ३७ हजार पुग्नेछ । कम्पनीमा संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।

यस कम्पनीको सञ्चालन तथा आधारभूत शेयरधनीहरुले हकप्रद बापतको रू. ६० करोड २३ लाख ८० हजार जम्मा गरिसकेको कम्पनीको आव्हान पत्रमा उल्लेख छ । कम्पनीको हकप्रद विक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त भएको छ ।

गत असार मसान्तसम्म सूर्या लाइफले रू. २० करोड ८६ लाख १३ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो असार मसान्तसम्म रू. १२ करोड १२ लाख ६५ हजार थियो ।

यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ४१ करोड २ लाख ९३ हजार पुगेको छ । गत असार मसान्तसम्म कम्पनीमा ३ लाख ७६ हजार ९६७ बीमालेख कायम रहेको छ ।

गत वर्ष कम्पनीले रू. २ अर्ब ५५ करोड ८ लाख ४३ हजार बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. १६ दशमलव ४६ रहेको छ ।

२०७६ असोज १० गते प्रकाशित

वि.सं.२०७६ असोज १० शुक्रवार १५:२९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...